युनाइटेडको जितमा लुकाकु नायक

एजेन्सी । इङ्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले क्रिष्टल प्यालेसलाई ३–१ ले पराजित गरेको छ । बुधबार राति क्रिष्टलको मैदानमा भएको खेलमा युनाइटेडको जितका लागि रोमेरो लुकाकुले दुई गोल गरे । त्यस्तै एस्ले योङले एक गोल गरे । क्रिष्टलका जोएल वार्डले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा लुकाकुले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५२ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । खेलको ६६ औं मिनेटमा जोएल वार्डले गोल गर्दै घेलु टोलीलाई खेलमा फर्काउने कोशिस गरे । तर, खेलको ८३ औं मिनेटमा योङले गोल गर्दै युनाइटेडलाई ३–१ को सहज जित दिलाए ।

जितसँगै युनाइटेडले सबै खाले प्रतियोगिताको अवे खेलमा लगातार आठौं जितको कीर्तिमान बनाएको छ । यसअघि युनाइटेड अवे खेलमा लगातार आठ जित निकाल्न सकेको थिएन् ।