अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्ने जर्मनीको चेतावनी

एजेन्सी। जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान् समयको सबैभन्दा खराब मानवीय विपत्ति’लाई रोक्नुपर्ने बताएका छन्।

उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

पद ग्रहण गरेको दुई हप्तापछि उनले भने, ‘बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पुर्याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा युवतीहरू बढी खतरामा रहेका उनीहरूलाई आवश्यक उद्धार अभियान चलाउनु बाञ्छनीय हुनेछ।’

बायरबोकले संवाददाताहरूसँग भने, ‘हाम्रो नजरअगाडि अफगानिस्तान हाम्रो समयको सबैभन्दा भयावह मानवीय विपत्तितिर लम्किरहेको छ।’

‘अर्थतन्त्रका प्रमुख क्षेत्रहरू ढलेका, थुप्रै मानिसहरू भोकभोकै बसेको, निराश भएका परिवारहरूले आफ्ना छोरीहरूलाई खाना किन्न बेचिरहेका छन् भन्ने कुराले कसको मन नछोला र ?’ उनले भनेका छन् ।

यस हिउँदमा २४ लाख अफगानीलाई बाँच्नका लागि सहयोगको आवश्यकता पर्ने अनुमान गरिएको उनले बताए।

मानवीय सहायता अफगानिस्तानमा पुग्न सकोस् र विशेष गरी देशलाई सुरक्षाको खाँचोमा परेकाहरूलाई ल्याउन सकियोस् भनी बर्लिनले आफ्ना अन्तरराष्ट्रिय साझेदारहरूसँग छलफल चलाउने उनले बताए।