क्रिसमसका बेला हजारौँ उडान रद्द

एजेन्सी। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन व्यापक रुपमा फैलँदै गएको भन्दै क्रिसमसका बेला संसारभर हजारौँ उडानहरू रद्द गरिएका छन्।

क्रिसमस सप्ताहभरका करिब चार हजार पाँच सय उडान रद्द गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

क्रिसमसका बेला बिदा मनाउँन जाँदा भीडभाड बढ्ने र ओमिक्रोन भेरियन्ट तीव्र रूपमा फैलने त्रासका कारण ती उडान रद्द गरिएको हो। शुक्रबार मात्र दुई हजार ४०१ उडान रद्द गरिएका थिए । एकै दिन १० हजार उडान डिले भएका थिए।

पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भेरियन्ट विभिन्न मुलुकमा फैलिरहेको छ।

हाल बेलायतलगायतका मुलुकमा बढी फैलिएको छ।