नेविसंघ महाधिवेशनलाई अनिर्णयको बन्दी बनाइनु हुँदैन : केसी

धनगढी । कपिल केसी नेपाल विद्यार्थी संघ बैतडिबाट निर्वाचित जिल्ला अध्यक्ष हुन् । पुस २३ गते सम्पन्न जिल्ला अधिवेशनबाट केसी अध्यक्षमा निर्वाचित भएका हुन् । नेपाल विद्यार्थी संघले केन्द्रीय महाधिवेशन गर्ने भन्दै २२ जिल्लामा अधिवेशन सम्पन्न गरेको थियो । तिनै १७ जिल्ला मध्यको एक हो बैतडी ।

नेविसंघ देशभर महाधिवेशनमय बनिसेको समयमा माघ २८ गते पार्टीको दवावका कारण अध्यक्ष नैनसिंघ महरले पदबाट राजीनामा दिनुप-यो । पटक पटक म्याद थप्दा पनि नेविसंघको महाधिवेशन गर्न नसकेको भन्दै उनलाई पदबाट राजीनामा दिन बाध्य पारिएको थियो । उनले पनि संगठनलाई गति दिन आफू सधै तयार रहेको र पदमा बसि राखेर नेविसंघलाई अनिर्णयको बन्दी नबनाउने भन्दै पदबाट राजीनामा दिए ।

त्यसपछि नेविंघको १२ औं महाधिवेशनका लागि तदर्थ समिति गठन गर्ने भनियो । तर, अहिलेसम्म पार्टीले तदर्थ समिति गठन गर्न सकेको छैन । यसले नेविसंघको महाधिवेशन झन अन्यौलमा परेको छ । अहिले निर्वाचित जिल्ला अध्यक्षहरुले समेत निवर्तमान अध्यक्ष महरको म्याद थप गरेर उनलाई नै महाधिवेशनका लागि सहयोग गरेको भए नेविसंघले गति पाउथ्यो भन्न थालेका छन् ।

केसीले पनि कांग्रेसको नर्सरीको रुपमा रहेको नेविसंघलाई पार्टीले गति दिनुपर्ने बताए । उनले पार्टीको हतियारको रुपमा रहेको युवा दस्तालाई बेवास्ता गरेर अगाडी बढे पार्टी कम्जोर बन्ने बताए । नेताहरुको इन्टेनसनमा महाधिवेशन रोक्न नहुँने उनको तर्क छ ।
उनले बैशाखका हुने स्ववियु चुनावलाई मध्यनजर गर्दै कांग्रेसले नेविसंघलाई पूर्णता दिनुपर्ने बताए । नेविसंघले समयमै गति नपाए कम्जोर बन्दै जाने उनको तर्क छ ।
नेविसंघ कृण उमावि वैतडी अध्यक्ष २०६२, नेविसंघ क्षेत्र नं. १ बैतडी उपाध्यक्ष २०६४, नेविसंघ जिल्ला कार्यसमिति सदस्य २०६७, नेविसंघ जिल्ला कार्यसमिति उपाध्यक्ष २०६५, नेविसंघ वैतडी कार्यवहाक जिल्ला कार्यसमिति अध्यक्ष २०७२ हुँदै पुुस २३ गते नेविसंघ बैतडीको अध्यक्षमा निर्वाचित केसीले संगठनले गति लिन नसक्दा धेरै जुझारु विद्यार्थी नेता राजनीतिबाट पलायन हुने बताए ।

केसीले आफू निर्वाचित भएकाले केही नयाँ काम गर्ने योजना रहेको सुनाए । उनले जिल्लामा शिक्षक दरवन्दीमा असमानता देखिएकाले शिक्षा समितिलाई दवाव दिएर दरवन्दी पूर्तिका लागि पहल गर्ने, सामुदायिक विद्यालयको शिक्षा अभिवृद्धिका लागि विशेष पहल गर्ने, तल्लो सोराड क्षेत्रमा चितुवाको आक्रमणबाट विद्यार्थी र स्थानीयवासी आक्रान्त बनेकाले त्यो क्षेत्रमा आत्म सुरक्षाका लागि जनचेतना अभिवृद्धिका कार्यक्रम गर्ने, जिल्लाका १२४ विद्यालय र क्याम्पसमा नेविसंघको नयाँ कार्यसमिति गठन गर्ने, वैतडीका ६ पालिका भएर बग्ने सुर्नया नदीको प्रबद्र्धन र संरक्षणका लागि पहल गर्ने, जिल्लामा रक्तदानलगायतका काम गर्ने योजना बनाएका छन् । केसीले नयाँ समिति आउँदा देशभरी साथिहरुमा उर्जा थपिने र आफूले जस्तै गतिविधि अगाडि बढाउन सहज हुने बताए ।