बार्सिलोनाको जितसँगै मेस्सीले बनाए नयाँ रेकड

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगको शीर्ष स्थानमा अग्रता बढाएको छ । शनिबार राती भएको खेलमा रायो भालेकानोलाई ३-१ ले पराजित गर्दै बार्सिलोनाले शीर्ष स्थानमा अग्रता बढाएको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी, लुइस सुआरेज र जिराड पिकेले एक एक गोल लगरे । यता भालेकानोको लागि राउल डे तोमासले एक गोल फर्काए ।

खेलमा सुरुवाती अग्रता भने भालेकानोले लिएको थियो । खेलको २४ औं मिनेमा घरेलु टोलविरुद्ध राउल डे तोमासको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा भालेकानो पराजित भएको हो ।

३८ औं मिनेटमा पिकेले गोल गर्दै पहिलो हाफमा खेल एक एकको बराबरीमा ल्याए । त्यसपछि ५१ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । ८२ औं मिनेटमा सुआरेजले गोल गर्दै बार्सिलोनालदाई ३-१ को महत्वपुर्ण जित दिलाए ।

यस खेल सँगै मेस्सी बार्सिलानाका लागि ला लिगमा सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका छन् । उनले हाल सम्म ला लिगाका ४ सय ४३ खेल खेलेका छन् । बार्सिलोनाका लागि सबै भन्दा धेरै खेल खेल्ने खेलाडीको सूचीको पहिलो स्थानमा जाबि हर्नान्डेज छन् । उनले १९९८ देखी २०१५ सम्म बार्सिलोनाका हुन् ।

दोस्रो स्थानमा रहेका इनिस्टाले भने ४ सय ४२ खेल खेलेका थिए । इनिस्टाले २००२ देखी २०१८ सम्म बार्सिएलोनाका लागि ४ सय ४२ खेल खेल्दै ३५ गोल समेत गरेका छन् । तर, इनिस्टालाई पछि पार्दै मेस्सी बार्सिलोनाका लागि ला लिगाका सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका छन् ।

यस जितसँगै बार्सिलोनाले २७ खेलमा ६३ अकं जोड्दै शीर्ष स्थानमा यथावत छ । पराजित रेलिगेसन जोनमा रहेको भालेकानोको २३ अंक छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको समान २७ खेलबाट ५६ अंक छ ।