विप्लवकाे पार्टीमाथि प्रतिवन्ध लगाइएकोमा कांग्रेस असन्तुष्ट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाइएको प्रतिवन्धप्रति आपत्ति जनाएको छ । सरकारले मंगलबार बेलुकीबाट विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि कांग्रेस प्रवक्त विश्वप्रकाश शर्माले विरोध गरेका हुन् ।

‘‘पहाड जत्रै उचाइ बनाइसकेको ‘त्यो माओवादी’ लाई विश्वासमा लिन सक्ने ‘त्यो नेतृत्व क्षमता’ कांग्रेस नेतृत्वले हिजो प्रस्तुत गरेको थियोे,’’ प्रवक्ता शर्माले ट्विट गर्दै भनेका छन्, ‘‘आज सानो आकार र आयतनको तर आफ्नै गोत्र बन्धुलाई विश्वासमा गाँसेर मूल बाटोमा ल्याउन सक्ने क्षमताको दुःखी अभाव देखियो ।’’

विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि प्रतिपक्षी दलसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तास्तरबाट पनि चर्को आलोचना भइरहेको छ ।

सरकारकाे उक्त निर्णयप्रति जनस्तरबाट समेत बिराेध भइरहेकाे छ ।