सानेको दुई गोलमा लिभरपुल क्वाटरफाइनलमा

एजेन्सी । इंग्लिस प्रिमियरलिग क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलका अन्तिम १६ को दोस्रो लेगमा बार्यन म्युनिखलाई ३-१ ले पराजति गर्दै लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

आफ्नो घरेलु मैदानमा भएको पहिलो लेगमा लिभरपुलले बार्यनसँग गोलरहित बराबरी खेलेको थियो । तर, अवे मैदानमा ३-१ को जित निकाल्दै लिभरपुल शीर्ष ८ मा लगातार दोस्रो पटक पुग्न सफल भयो ।

बार्यन म्युनिखको घरेलु मैदान एलिनाज स्टेडियममा लिभरपुललाई जिन दिलाउन साडियो माने दुई तथा भर्जिल भान डेजकले एक गोल गरेका थिए । बार्यनले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको २६ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । तर, ३९ औं मिनेटमा लिभरपुलका जोएल माटिपले आत्मघाति गोल गरेपछि खेल बराबरीमा आएको थियो ।

पहिलो हाफमा १-१ को बराबरीमा सहिएको खेलको दोस्रो हाफमा लिभरपुललेथप दुई गोल गर्यो । ६९ औ मिनेटमा भर्जिल भान डेजकले गोल गर्दै लिभरपुललाई पुन २-१ को अग्रता दिलाए । त्यस्तै खेलको ८४ औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुलको क्वाटरफाइनलको यात्रा यात्रा सुनिश्चित गरे ।