काठमाडौं । ललितपुरको कुमारिपटिमा ‘कट एण्ड कलर हेयर सलोनको पुनः सञ्चालन गरिएको छ। बिगत १२ वर्ष देखि संचालनमा आएको ‘कट एण्ड कलर हेयर सलोनु पुनः नयाँ स्थान र अत्याधुनिक सेवा सुविधासहित संचालनमा ल्याइएको पार्लरकी सञ्चालक सारा गुरुङले जानकारी दिइन।
लोकप्रिय अभिनेत्री, निर्देशक दिपाश्री निरौला, लोकप्रिय हास्य कलाकार सन्दिप क्षेत्री र सौन्दर्यविद रश्मिला श्रेष्ठले संयुक्त रुपमा रिवन तथा केक काटेर पार्लरको उद्घाटन गरेका थिए।
सो अवसरमा संचारकर्मी, कलाकार सुर्य चन्द, ब्युटिसियन तथा समाजसेवी निकिता पाण्डे, चर्चित फेसन डिजाईनर काजल शर्मा लगायत अन्य सौन्दर्यकर्मी, समाजसेवी तथा सेवाग्राहीहरुको बाक्लो उपस्थिति थियो।