घनश्याम गिरी : जसले फेरिदिए चन्द्रागिरि नगरको मुहार | Aksher Pati

घनश्याम गिरी : जसले फेरिदिए चन्द्रागिरि नगरको मुहार

सबै बृतान्त बुवालाई सुनाएपछि बुवाले भन्नुभयो– ‘यत्रो समाजले दिएको जिम्मेवारीबाट पन्छिनु हुन्न ।’

० शंकर खैराली

स्थानीय तहमा निर्वाचित पदाधिकारीको समयावधि सकिन अब केही दिन मात्रै बाँकी छ । जनताले जनताका लागि बनाएको २०७२ सालको नयाँ संविधानअनुसार पहिलोपटक २०७४ सालमा स्थानीय तहले पाएको नेतृत्वको पाँच वर्षे कार्यकाल सकिनैलाग्दा कतिपय स्थानीयतहमा नेतृत्वका लागि गरिएका प्रतिवद्धताहरु पुरा नभएको गुनासो चर्को रुपमा सुनिन थालेको छ ।

तर प्रतिवद्धता गरेभन्दा पनि एक कदम अघि बढेर समेत काम भएको छ । त्यस्तैमध्येको एक हो काठमाडौंको चन्द्रागिरि नगरपालिका । अझ यस नगरपालिकाको सम्झनलायक त के छ भने नगरपालिकाको नेतृत्व गरेका व्यक्ति घनश्याम गिरी राजनीतिमा खारिएका व्यक्ति भने होइनन् । न त उनलाई राजनीतिक चतु¥याइँ कै काफी ज्ञान छ ।

यद्यपि उनी शिक्षा र सामाजिक क्षेत्रमा भने जीवनको उर्जावान उमेर व्यतित गरेका व्यक्ति हुन । ‘सायद त्यही अनुभव, लगानी र ज्ञानले मलाई नगरको नेतृत्व गर्न सजिलो भयो,’ नेपाली कांग्रेसका तर्फबाट नगरप्रमुख निर्वाचित गिरीले अक्षरपाटीसँग भने, ‘मैले १०, १२ वर्षको उमेर हुँदा नहुँदै सामाजिक काममा खटिनुप¥यो, शिक्षाका लागि संघर्ष गर्नुपर्यो ।’

२०३६ सालतिरको कुरा हो । उनी पञ्चाय र प्रजातन्त्रका लागि भएको निर्वाचनमा निलो छापका लागि एजेन्ट बसे । भरखर एसएलसी पास गरेका किशोरबयका गिरीले प्रजातन्त्रको पक्षमा आफूलाई त्यतिबेला नै सक्रिय बनाइसकेका थिए ।

तर उनी राजनीतिमा होमिएनन् । राजनीतिक चेतलाई सुसुप्त रुपमा हुर्काउँदै गरेका उनी शिक्षाको क्षेत्रमा आफूलाई एक सिपाहीका रुपमा सक्रिय बनाउन थाले ।

‘गाउँमा विद्यालय थिएन, गाउँको पुछारमा एउटा विद्यालय थियो’, उनले सम्झिए, ‘गाउँको बीचमा पनि स्कुल खोल्ने गाउँटोलमा कुराकानी चल्यो । तर कसले खोल्ने ? यो कामको नेतृत्व घनश्यामले गर्छ भने ।’

चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी

सानो उमेर । आफै पढ्नुलेख्नुपर्ने जिम्मेवारीले थिचिएका किशोर । सबै बृतान्त बुवालाई सुनाएपछि बुवाले भन्नुभयो– ‘यत्रो समाजले दिएको जिम्मेवारीबाट पन्छिनु हुन्न ।’

यति सानो उमेर । आफै पढ्नुलेख्नुपर्ने जिम्मेवारीले थिचिएका किशोर । सबै बृतान्त बुवालाई सुनाएपछि बुवाले भन्नुभयो– ‘यत्रो समाजले दिएको जिम्मेवारीबाट पन्छिनु हुन्न ।’

त्यसपछि उनी २०३७ साल फागुन १ गते दुई सुकुल र कालोपाटी लिएर चौरमा पढाउन थाले । ‘हावा, हुरी र पानीले सताउँथ्यो’, उनले शिक्षामा गरेका संघर्षका सुरुवाती दिन सम्झना गरे, ‘नजिकै एउटा पुरानो तबेला थियो, त्यसैलाई घेरबार गरेर पढाउन थालेँ ।’

पाँच, ६ महिना पढाएपछि त्यो चुनदेवी प्राविका रुपमा चिनिन थाल्यो । पार्टीमा सुकुल राखेर गिरी मास्टरी सकेर राति घर आउँथे । आफू एकाविहानै बलम्बुबाट उच्च शिक्षा पढ्नका लागि पाटन पुग्थे । त्यसबेला भूगोल विषय अन्यत्र पढाइ नहुने भएकाले पनि उनले पाटन नै पुग्नुपर्ने वाध्यता थियो ।

२०३८ सालमा चुनदेवी प्रावि १ देखि ३ कक्षासम्मका लागि स्वीकृत भयो । अब २२५ रुपैयाँ पारिश्रमिक पनि पाउन थाले । ‘तर विद्यार्थीलाई निशुल्क पढाउने मेरो अठोट त्यसले पुरा हुने भएन’, उनले भने, ‘मैले गाउँ, समाजमा मागेर, विभिन्न सामाजिक, साँस्कृतिक कार्य गरेर पनि विद्यार्थीलाई सित्तैमा पढाउने काम गरेँ ।’

२०४८–४८ तिर उनले सुकुलबाट सुरु गरेको विद्यालय ८ कक्षासम्म पढाइ हुने भयो । तर गिरीको मन शान्त भएन । आफूले चन्द्रागिरीबाट पाटन पुगेर पढ्दाको दुखले उनलाई चिमोट्न थाल्यो । अब उनी गाउँमै कसरी क्याम्पस स्थापना गर्ने ? भन्ने पीरले पिरोलिन थाले ।

उनकै अगुवाइमा मंगालदेवी बहुमुखी क्याम्पस स्थापना भयो । त्यसपछि माटिखेल, टेकानपुर, महालक्ष्मी मन्दिरलगायतका स्थानमा प्राथमिक स्कुल स्थापनामा उनी सक्रिय बने । तर यी सबै कुनै अनुदानमा खुलेनन् । स्थानीय जनतालाई जागरुक बनाउँदै विद्यालय स्थापनाको काम भयो ।

आज त्यति जनता जागरुक बनाउने सीप र सरसहयोग जुटाउने जुक्ति उनलाई राजनीतिक जीवनमा पनि काम लागेको छ । त्यसैले त मेयर गिरीले गर्दै नगरेका प्रतिवद्धता पनि पुरा गर्न सकेका छन् ।

कलात्मक प्रशासनिक भवन उद्घाटन समाराेह

जसरी उनले सुकुलबाट सुरु गरेको विद्यालय ०५१–५२ मा एसएलसीसम्मको बनाइछाडे आज भौतिक संरचना समेत नभएको चन्द्रागिरी नगरपालिकाको करिब २५ करोडको आफ्नै कलात्मक प्रशासनिक भवन निर्माण गरेर पाँच वर्ष नपुग्दै कार्यसंचालन गर्दै आएको छ ।

जसरी उनले सुकुलबाट सुरु गरेको विद्यालय ०५१–५२ मा एसएलसीसम्मको बनाइछाडे आज भौतिक संरचना समेत नभएको चन्द्रागिरी नगरपालिकाको करिब २५ करोडको आफ्नै कलात्मक प्रशासनिक भवन निर्माण गरेर पाँच वर्ष नपुग्दै कार्यसंचालन गर्दै आएको छ ।

हरेक वडामा धारा, सडक, पार्क, मठमन्दिर व्यवस्थापन, जेष्ठ नागरिक विश्रामस्थलदेखि नगर सरसफाइ र हरियाली चन्द्रागिरी उनले पाँच वर्षे कार्यकालमा सम्पन्न गरिसकेका छन् ।

‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’मा उत्कृष्ट काम गरेवापत नगरप्रमुख गिरीलाई प्रहरी प्रधान कार्यालयले पुरस्कारसहित सम्मान गरिसकेको छ ।
नगरपालिकाले एक करोड ५७ लाखको लागतमा पशु सेवा कार्यालय भवन निर्माण गरेर कार्यसञ्चालन गरिसकेको छ । नगरपालिकाका १५ मध्ये अधिकांश वडाले आफ्नै भवनबाट यो पाँच वर्षको अवधिमा सेवा प्रवाह गरिरहेका छन् । वडा नम्बर ७, ५ र ११ को जग्गा खरिद गरेर भवन निर्माणका लागि काम अगाडि बढिसकेको छ ।

‘भौतिक प्रगति हुँदै जाने कुरा हुन’, मेयर गिरीले भने, ‘शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि देशकै अग्रणी नगरपालिका बनाउन सकेकोमा निकै खुशी लागको छ ।’

हरेक वडामा स्वास्थ्य संस्थाहरुको स्तरोन्नती मात्र होइन चन्द्रागिरीका ४ थानकोटमा एक अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सुविधा भएको अस्पताल निर्माण हुने भएको छ ।

जीवनका ३६ वर्ष ३ महिना ५ दिन शिक्षा क्षेत्रमा विताएर मेयरमा निर्वाचन लड्नुको ठिक १० दिन अघि राजीनामा दिएका मेयर गिरीको कार्यकालमा हरेक विद्यालयमा भौतिक र शैक्षिक सुधार भएको छ । हरेक वडामा स्वास्थ्य संस्थाहरुको स्तरोन्नती मात्र होइन चन्द्रागिरीका ४ थानकोटमा एक अर्ब लगानीमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सुविधा भएको अस्पताल निर्माण हुने भएको छ ।

यसका लागि जर्मन विकास बैंक (केएफडब्लु)ले एक अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग गर्ने सम्झौता केही महिनाअघि भइसकेको गिरीले जानकारी दिए ।

त्यो मात्र होइन देशमै पहिलोपटक चन्द्रागिरीले नगरलाई साँच्चैको स्मार्ट सिटी बनाउने काम धमाधम अघि बढाइसकेको छ । गिरीले भने, ‘ जीपीएस, जीआईएस प्रणालीमार्फत नगरको प्रोफाइल तयार पार्ने काम अन्तिम चरणमा छ ।’

यो काम सम्पन्न भएको दिन नगरवासीले नगरले दिने हरेक सेवा घरमै बसेर इन्टरनेटको माध्यमबाट लिन मात्र सक्ने छैनन्, नगरपालिकालाई पनि नगरको योजना बनाउन कहीँ धाउनुपर्ने छैन ।

‘कार्यालयमै बसेर हामी कुन घरमा कति मानिस बस्छन्, के काम गर्छन, कुन पेशा, रोजगार गर्छन, कुन टोलमा के समस्या छ भन्ने जानकारी लिन सक्छौँ’, नगर प्रमुख गिरीले भने, ‘यो म भूगोलको विद्यार्थी हुनुको फाइदा हो । यसले चन्द्रागिरीलाई बोलीमा होइन व्यवहारमै स्मार्ट बनाउन मद्दत गर्नेछ ।’

चन्द्रगिरी राजधानीको मुख्य नाकामा रहेको नगरपालिका हो । त्यसैले पनि कोरोना महामारीमा यो नगरले निकै ठूलो भूमिका निर्वाह गरेको छ । बलम्बुमा रहेको सशस्त्रको अस्पतालाई कोरोना संक्रमितको उपचारमा मात्र होइन घर जान नपाएका मदजुरदेखि पीसीआरमा समेत नगरले ठूलो योगदान गरेको थियो ।
कैयौँ मजदुरलाई उनीहरुको गृहजिल्ला पुर्याउनेदेखि अलपत्र नागरिकको उद्धारमा नगरले निकै ठूलो मानवीय सेवा पुर्याएको थियो ।

चन्द्रागिरि नगरपालिकाको आफ्नै कलात्मक प्रशासनिक भवन

केबलकार निर्माणको कुरा उठ्दा धेरैले यो हुँदैन, फोहोर हुन्छ भने, मैले त्यतिबेला अडान लिएँ, केबलकार बन्यो भने यो नगरको पहिचान देशमा मात्र होइन विदेशसम्म हुन्छ ।

देशभरका धेरै स्थानीय तहले चुनावमा गरेको घोषणा र देखाएको सपनाअनुसार काम नभएको गुनासो आइरहेका बेला चन्द्रागिरी नगरपालिकाले भने यो पाँच वर्षको अवधिमा १५ अर्बभन्दा बढीको भौतिक प्रगतिका काम गरेको छ । यो विभिन्न स्रोतबाट गरिएको काम भए पनि यसमा राष्ट्रिय आयोजनाहरु समावेश नभएको गिरीले बताए ।
गिरीकै अडान र सकारात्मक अभियानका कारण चन्द्रागिरी केबलकार निर्माण भएको उनी सम्झन्छन् । ‘त्यसबेला म जनप्रतिनिधि थिएन, सामान्य शिक्षक र समाजसेवीका रुपमा चिनिएको थिएँ’, उनले भने, ‘केबलकार निर्माणको कुरा उठ्दा धेरैले यो हुँदैन, फोहोर हुन्छ भने, मैले त्यतिबेला अडान लिएँ, केबलकार बन्यो भने यो नगरको पहिचान देशमा मात्र होइन विदेशसम्म हुन्छ ।’

उनले सुरुङमार्ग निर्माणका लागि पनि निकै सकारात्मक भूमिका निर्वाह गरेका छन् । ‘मुआब्जादेखि स्थानीय समुदायलाई सम्झाइबुझाइ गर्ने काममा नगर एक कदम अघि छ । हाम्रोमा कुनै विवाद बाँकी छैन, धादिङतिर अझै मुआब्जा विवाद कायमै छ’, उनले भने ।

आजसम्म भए गरेका काम सुरुवात मात्रै भएको भन्न रुचाउने नगरप्रमुख गिरी भन्छन्, ‘यो भौतिक प्रगतिको काम कहिल्यै सकिँदैन, गर्दै जाने, थप्दै जाने हो, भोली समाज बढ्छ, जनसंख्या थपिन्छ, अहिलेको भौतिक विकासले त्यसबेला पुग्दैन ।’
उनको सपना अब सामाजिक विकास गर्ने हो । ‘२०–३० हजार आम्दानीका लागि अब नगरवासी बाहिर जानु नपरोस भन्ने मेरो अबको मुख्य उद्देश्य हो’, उनले भने, ‘अब पनि जनताले मलाई चाहेछन् भने, नगरमा उत्पानलाई अभियानकै रुपमा अघि बढाउँछु, त्यसको बजारीकरण र रोजगार सिर्जना अबको लक्ष हो । प्रविधियुक्त सुशासन त्यसका लागि सुरु भइसकेको छ ।’