मेगा बैंकको मोबाइल बैंकिङ एपमा एनसीएचएलको ‘नेपाल पे’ क्यूआर

काठमाडौं । मेगा बैंक लिमिटेडले ‘नेपाल पे’ क्यूआर आफ्नो बैंकिङ एप मेगा स्मार्टमा सफल रुपमा इन्टिग्रेट गरेको छ। बैंकका ग्राहकहरुले अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ । नेशनल पेमेन्ट स्वीचमा सहभागी भएर ‘नेपाल पे’ क्यूआर इनेबल गर्नेमध्येमा मेगा बैंक पनि पहिलो भएको हो ।

बैंकका ग्राहकहरु नेपाल पे क्यूआरको मर्चेन्टको रुपमा आपूmलाई सहभागी गराएर उपभोक्ताहरुलाई पनि सो बैंकिङ एप प्रयोग गराई भुक्तानी गराउन सकिने छ । नेपाल पे क्यूआर नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले कार्यान्वयन ल्याएर संचालन गरिरहेको छ।

बैंकले नेपाल पे क्यूआरलाई थप विस्तार गर्दै लैजाने जनाएको छ । बैंकले २०७ शाखा, २५ एक्स्टेन्सन काउन्टर, ६० वटा शाखारहित बैंकिङ र १४० एमटीएमबाट वित्तीय सेवा दिँदै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।