सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड स्थापनाको १६औं वर्षमा प्रवेश

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड स्थापनाकालको १६ औं वर्षमा प्रवेश गरेको छ । वाणिज्य बैंकको रुपमा स्थापना भएका सिटिजन्स बैंकले स्थापनाको १५ वसन्त पार गरी १६ औं वर्षमा पाइला टेकेको हो ।

विगत १५ वर्षे अवधिमा बैंकले १३ लाख ५५ हजार ग्राहकहरुलाई वित्तीय सेवा दिन योग्य भएको छ । संघीय संरचनाको सातवटै प्रदेशमा शाखा सञ्जाल भएको बैंकले १७४ वटा शाखा मार्फत चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप करिब एक खर्ब ४६ अर्ब ६१ करोड रुपैयाँ पु¥याएको छ ।

त्यस्तै बैंकले एक खर्ब ३६ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले यसै अवधिमा करिब एक अर्ब ५८ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको १५ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजन सिंह भण्डारीले भने, ‘मिसन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको छ ।

साथै आगामी दिनहरूमा वित्तीय क्षेत्रलाई द्रुत नवप्रवर्तन र थप आकार दिइनेछ । साथसाथै उद्देश्यलाई द्रुत रूपमा वास्तविकतामा परिणत गर्न बैंकलाई परिवर्तनात्मक रूपमा व्यक्तिगत पहुँचमा ल्याइनेछ,’ बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले भनेका छन् ।

बैंकले १५औं वार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको जनाएको छ । जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ ।

कार्यक्रममा बैंकमा निरन्तर १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ वितरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।