मुक्तिनाथ क्यापिटलले ल्यायो नयाँ डिम्याट अफर

काठमाडौं । मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलले ‘आजीवन डिम्याट तथा मेरो शेयर खाता’ योजना ल्याएको छ। योजनाअन्तर्गत १ हजार ९ सय ९९ रुपैयाँमा नयाँ डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने तथा उक्त खाता आजीवन नवीकरण गर्न सकिने छ ।

मुक्तिनाथ क्यापिटलमा डिम्याट खाता भएकाले पनि आफ्नो बक्यौता बुझाइ यो योजनाका सेवाहरु प्राप्त गर्न सक्ने जनाइएको छ । योजना अन्तर्गत डिम्याट तथा मेरो शेयर खाताको नवीकरण क्यापिटलले नै गरिदिने हुनाले ग्राहकलाई वर्षेनि नवीकरणको झमेला नहुने जारी विज्ञप्तिमा उल्लेख छ ।

यो नयाँ योजनाअन्तर्गत १ हजार ९ सय ९९ मा आजीवन डिम्याट तथा मेरो शेयर खाता चलाउन पाइने, मुक्तिनाथ क्यापिटलले दिइरहेको लगानी व्यवस्थापन सम्बन्धी सेवामा वार्षिक शुल्क छुट पाइने, १ हजार ४ सय ९९ रुपैयाँ शूल्क पर्ने शेयर बजार सम्बन्धी अनलाइन तालिम निःशुल्क प्राप्त गर्न सकिने लगायत एसएमएस तथा इमेल मार्फत डिम्याट खाता सम्बन्धी जानकारी प्राप्त गर्न सकिने क्यापिटलले विज्ञप्तिमार्पmत जनाएको छ ।

यो नयाँ अफर आगामी असारसम्म रहने जनाइएको छ । यो सुविधा मुक्तिनाथ क्यापिटलको कार्यालय, मुक्तिनाथ विकास बैंक तथा लुम्बिनीविकास बैंकका शाखा कार्यालयहरु र इसेवाको माध्यमबाट अनलाइन भुक्तानी गरेर समेत लिन सकिने छ ।