कामना सेवा विकास बैंकको शाखारहित बैंकिङ्ग सेवा

काठमाडौं । कामना सेवा विकास बैंकले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका–२, सोतीपसलमा शाखारहित बैंकिङ्ग सेवा थालेको छ । सोतीपसल स्थित पौडेल इलेक्ट्रिक पसल (प्रो. लक्ष्मण पौडेल) लाई शाखारहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा न–१ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा–२ का वडा अध्यक्ष पदम बहादुर थापाले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका छन् ।

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ । यो सेवाबाट ग्रामीण तथा बैंकिङ्ग पहुंच नपुगेका क्षेत्रमा बैंकप्रति उल्लेख्य विश्वास एवं बैंकिङ अवधारणाको विकास हुने अपेक्षा बैंकले लिएको छ ।