सिभिल र सेञ्चुरी बैंक उल्लेख्य प्रगतितिर उन्मुख

काठमाडौं । २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा कान्छा बैंक हुन् सिभिल र सेञ्चुरी बैंक । तर पछिल्लो पुस्तका बैंक भए पनि वित्तीय सूचकांकहरुमा भने यी राम्रा बैंकमा देखिएका छन् । हाल वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

ती तथ्यांक हेर्दा पुराना बैंकको तुलनामा यी बैंकहरुको अवस्था सन्तोषजनक छ । यी दुई बैंकलाई १२ वटा सूचकांकमा विश्लेषण गर्ने प्रयास गरेका छौं । जसमा सेञ्चुरी बैंक ९ वटा सूचकांकमा अगाडि छ । तर अन्तर भने ठूलो छैन । सेञ्चुरी बैंकको चुक्ता पुँँजी सिभिलको भन्दा बढी छ । सेञ्चुरी बैंकको चुक्त पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ छ भने सिभिल बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

सिभिल बैंकको जगेडा कोषमा १ अर्ब ५५ करोड ६३ लाख ४७ हजार रुपैयाँ छ भने सेञ्चुरी बैंकको जगेडा कोषमा १ अर्ब ७९ करोड ८ लाख ९१ हजार रुपैयाँ रहेको छ । चालु आवको चैत मसान्तसम्म सेञ्चुरी बैंकले ९० अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यसैगरी सिभिल बैंकले ९० अर्ब ७्र० करोड ४० लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ ।

समीक्षा अवधिसम्ममा सेञ्चुरी बैंकले ८७ अर्ब २ करोड २७ लाख ७७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ भने सिभिल बैंकको कर्जा प्रवाह ८३ अर्ब ९३ करोड ६१ लाख ७२ हजार रुपैयाँ छ । दचालु आवको चैत मसान्तसम्ममा सेञ्चुरी बैंकको खुद ब्याज आम्दानी २ अर्ब १४ करोड १६ लाख ८ हजार रुपैयाँ छ भने सिभिल बैंकको खुद ब्याज आम्दान ि२ अर्ब ४५ करोड ५२ लाख ८७ हजार रुपैया छ ।

सेञ्चुरी बैंकले चैत मसान्तसम्म १ अर्ब ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ भने सिभिल बैंकले १ अर्ब ३० करोड ३८ लाख ७३ हजार रुपैयाँ आर्जन गरेको छ ।

वितरणयोग्य नाफामा पनि सेञ्चुरी बैंक नै अगाडि छ । सेञ्चुरी बैंकको वितरणयोग्य नाफा ५१ करोड २२ लाख ८८ हजार रुपैयाँ छ भने सिभिल बैंकको ४३ करोड ६८ लाख ८२ हजार रुपैयाँ रहेको छ । सेञ्चुरी बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा रहेको छ भने सिभिल बैंकको को १३ रुपैयाँ २८ पैसा छ ।

प्रतिसेयर नेटवर्थमा सेञ्चुरीको तुलनामा सिभिल बैंक अगाडि छ । सेञ्चुरी बैंको प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ भने सिभिल बैंकको १३ रुपैयाँ २८ पैसा रहेको छ । सेचुरी बैंकको खराब कर्जा १.६० प्रतिशत छ भने सिभिल बैंकको ०.९९ प्रतिशत रहेको छ ।