सर्वाेत्तम स्टील र जगदम्बा सिमेन्टको प्राविधिक कार्यक्रम सम्पन्न

काठमाडौं । सौरभ गु्रप अन्तर्गतको फलामे छड उत्पादक कम्पनी सर्वाेत्तम स्टीलले इन्जिनियर तथा ठेकेदारहरुलाई लक्षित गर्दै प्राविधिक कार्यक्रम सम्पन्न गरेको छ । जगदम्बा सिमेन्टसँगको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा इन्जिनियर तथा ठेकेदारहरुलाई गुणस्तरीय निर्माण सम्बन्धी जानकारी तथा प्राविधिक ज्ञान प्रदान गरेको हो ।

कार्यक्रममा सर्वाेत्तम स्टिलको तर्पmबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपालले इन्जिनियर तथा ठेकेदारहरुलाई सर्वाेत्तम स्टीलको गुणस्तरीयता तथा प्राविधिक विवरणबारे जानकारी गराएका थिए ।

जगदम्बा सिमेन्टको तर्पmबाट कम्पनीका डीजीएम चिरञ्जीवी घिमिरेले जगदम्बा सिमेन्टको बारेमा बताएका थिए । कार्यक्रम विर्तामोड, इटहरी र लहानसहित तीन स्थानमा आयोजना गरिएको थियो । कार्यक्रममा डेढसय हाराहारीको सहभागिता रहेको थियो ।