काठमाण्डौं । सरकारले आउँदाे जेठ १ देखि साताको दुई दिन बिदा दिने निर्णय गरेको छ ।
हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ देखि लागू हुने गरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
नेपाल आयल निगमले इन्धनमा करोडौँ रुपैयाँ घाटा भएको र इन्धन आयातसमेत घट्ने भन्दै त्यसलाई कम गर्न आइतबार पनि बिदा दिनुपर्ने प्रस्ताव गरेको थियो।
‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ ३० देखि साँझ ५ ३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने,’ निर्णयमा भनिएको छ।