शिव मन्दिरलाई भव्य धामिएकस्थल बनाउँदै धनगढी उपमहानगर

मन्दिर निर्माणका लागि समिति समेत गठन

धनगढी । धनगढीको शिवनगरमा रहेको शिव मन्दिरलाई व्यवस्थित धार्मिक स्थल बनाइने भएको छ । हिन्दू धर्मावलम्बीको आस्था जोडिएको मन्दिरलाई भव्य बनाउने अभियानमा लागेको हो धनगढी उपमहानगरपालिका । शिव मन्दिरका नामले परिचित मन्दिर सडक क्षेत्रमा पर्ने भएपछि त्यसलाई वडा नं १ र ८ को बीचमा पर्ने पुलको उत्तर–पूर्वको करिब ५ कठ्ठा जनिनमा निर्माण गरिन लागेको हो ।

त्यसक्षेत्रको अतिक्रमण र फोहर हटाउने क्रममा सार्वजनिक जमिन फेला परेपछि सोही जमिनमा भव्य शिव मन्दिर बनाउन लागिएको उपमहानगरका प्रमुख नृपबहादुर वडले अक्षरपाटीलाई बताए । मन्दिर निर्माणका लागि डिपिआर तयार पार्न प्राविधिकको टोली खटाइएको उनले बताए । सडकलाई व्यवस्थित र चौडा बनाउने क्रममा मन्दिर भत्किने देखिएकाले पनि मन्दिर व्यवस्थित हुने गरी नयाँ निर्माण गर्न लागिएको प्रमख वडले जानकारी दिए ।

मन्दिर निर्माणका लागि समिति समेत गठन गरिएको छ । मन्दिर निर्माणका लागि जयबहादुर कार्कीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । मन्दिर निर्माण तथा ब्यबस्थापन समितिले संरक्षकमा नगरप्रमुख नृपबहादुर वड, मन्दिरका पुजारी रामचन्द्र बिनाडीलाई राखेको छ । सल्लाहकारमा भरतबहादुर सिंह र टेकेन्द्र देउवालाई राखिएको छ ।