भरतपुरमा रेनुको जित निश्चित, ९ सय मत गन्न बाँकी रहँदा १२ हजारको मतान्तर | Aksher Pati

भरतपुरमा रेनुको जित निश्चित, ९ सय मत गन्न बाँकी रहँदा १२ हजारको मतान्तर

चितवन। भरतपुर महानगरपालिका प्रमुखका रेनु दाहाल दोहोरिने पक्काजस्तै भएको छ।

मंगलबार विहानसम्म रेनुले ५१ हजार ६६६ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी एमालेका विजय सुवेदीले ३९ हजार ३४३ मत मात्रै पाएका छन्। अब भरपुरमा गन्न बाँकी मत ९१२ मात्रै रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

आज बिहानसम्म एक लाख २६ हजार ९२७ मत गणना भइसकेको छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको भने १४ हजार ७ सय ४१ मत आएको छ।

उपमेयरमा सत्तारूढ गठबन्धनका कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीको ५२ हजार ४ सय २१ र एमालेले समर्थन गरेको राप्रापाकी हिमला गुरूङको ३० हजार ४ सय ७७ मत आएको छ। आजै १० बजेसम्म अन्तिम मत परिणाम आउने बताइएको छ।