स्याम्पु आयातमा एक अर्ब विदेशियो

काठमाडौं। हामीले नुहाउँदा प्रयोग गर्ने स्याम्पु आयातमा अर्बौं विदेशिने गरेको विवरण सार्वजनिक भएको छ। चालु आवको ११ महिनामा एक अर्ब आठ करोड १० लाख ५४ हजार बराबरको रकम स्याम्पु आयातमा खर्च भएको छ।

करिब ५७ लाख ८० हजार लिटर स्याम्पु आयातमा उक्त रकम विदेशिएको हो। स्याम्पुको आयातबाट सरकारले भने ४६ करोड ४७ लाख ९० हजार राजस्व जम्मा गरेको छ।

यसैबीच कपाल रङ्गाउनकै लागि प्रयोग हुने सामग्रीको आयातमा ५० करोड ५१ लाख २९ हजार बराबरको रकम मुलुक बाहिर गएको छ।

एघार महिनाका अवधिमा कूल सात लाख ५८ हजार ७२६ केजी यस्ता रङ आयात भएको छ भने कपालमा लगाउने क्रिमका लागि छ करोड १७ लाख ६६ हजार बराबरको रकम मुलुक बाहिर गएको छ।