४३ करोडको बडीलोसन र सिन्दुर आयात

काठमाडौं। भन्सार विभागको विवरणअनुसार जेठ मसान्तसम्म ४३ करोड ५७ लाख ५२ हजार मूल्यमा पाँच लाख सात हजार ५८८ केजी बडीलोसन आयात भएको छ। त्यसबाट सरकारले १६ करोड ३३ लाख ६४ हजार राजस्व सङ्कलन गरेको छ।

महिलाले प्रयोग गर्ने सिन्दुरका आयातमा समेत लाखौँ खर्च हुने गरेको छ। एघार महिनामा ९८ लाख १५ हजार मूल्य बराबरको ४५ हजार ८०७ केजी सिन्दुर आयात भएको छ।

सिन्दुर मुख्यगरी भारतबाट आयात हुने गरेको छ। विभागका अनुसार भारतबाट ९७ लाख ९२ हजार बराबरको सिन्दुर आयात भएको छ। त्यस्तै शृङ्गारका अन्य समानको आयातमा रु दुई अर्ब ८९ करोडभन्दा बढी रकम विदेशिएको छ ।