मेगा बैंकको नयाँ शाखा लाजिम्पाटमा

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको लाजिम्पाटमा नयाँ शाखा विस्तार गरेको छ।

काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा मेगा बैंकले सोमबार नयाँ शाखा विस्तार गरेको हो। यो मेगा बैंकको २ सय ८ औं शाखा भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले बताए।

योसँगै मेगा बैंकको काठमाडौं उपत्यकाभर ४६ शाखा कार्यालय छन्।