पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो

काठमाडौं । प्रसिद्ध तीर्थस्थल भाथीभरामा केबलकार निर्माणको बाटो खुलेको छ । केबलकार निर्माणका लागि प्रतिस्पर्धा गरिरहेका दुईमध्ये एक कम्पनीले हात झिकेपछि अब पाथीभरा माता देवी दर्शन केबलकार प्रालि काठमाडौंका लागि बाटो खुलेको हो ।

निर्माणका लागि पहिले प्रक्रिया अघि बढाएको त्रिवेणी केबलकार प्रालि भने हाल अगल भएको छ । त्रिवेणीका प्रवन्ध निर्देशक सुवास सांघाईले अब आफ्नो कम्पनी निर्माणका लागि नआउने बताए। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।