भ्यालेन्सियासँग रियल पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड भ्यालेन्सियासँग पराजित भएको छ । बुधबार राति भएको खेलमा रियाल म्याड्रिड भ्यालेन्सियासँग २(१ ले पराजित भएको हो ।

पाहुना टोलीलाई पराजित गर्न भ्यालेन्सियाका लागि गोनकालो गुइडेस र इजिक्वेल गारेले एक एक गोल गरे । यता म्याड्रिडका लागि करिम बेन्जेमाले एक गोल फर्काए । खेलको ३५औं मिनेटमा गोनकालो गुइडेसको गोल मार्फत भ्यालेन्सियाले सुरुवाती अग्रता लिएको थियो। पहिलो हाफमा १(० को अग्रता लिएको भ्यालेन्सियाले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

दोस्रो हाफमा थप दुई गोल गर्न क्रममा खेलको ८३औं मिनेटमा गारेले गोल गर्दै भ्यालेन्सियाको अग्रता दोब्बर पारे । इन्ज्युरी समय बेन्जेमाले गोल गर्दै रियललाई खेलमा फर्काउनले प्रयास गरे । तर, थप गोल गर्न नसक्दा रियल भ्यालेन्सियासँग २(१ गोल अन्तरले पराजित भएको हो । रियल पराजित भएसँगै शीर्षस्थानको बार्सिलोनाभन्दा १३ अंक तथा दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछि परेको छ । रियलको ३० खेलबाट ५७ अंक रहेको छ । भ्यालेन्सियाको ३० खेलमा ४६ अंक सहित पाँचौ स्थानमा छ ।