जन सम्पर्क समिति उत्तर भारतको अधिवेशन आइतबार

नेपालबाट नेता एनपी साउदसहित सहभागी हुँदै

काठमाडौं । नेपाली जनसम्पर्क समिति उत्तर भारतको ११ औँ अधिवेशन आइतबार हुने भएको छ । गडवाल भवन नयाँ दिल्लीमा आयोजना हुने अधिवेशनमा नेपालबाट पूर्वमन्त्री तथा नेपाली काँग्रेसका युवा नेता एनपी साउद सहभागी हुनेछन् ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री देवेन्द्र कँडेल, पूर्वमन्त्री गोविन्दबहादुर शाह, केन्द्रीय सदस्य  बीरबहादुर लामालगायत अतिथि कार्यक्रममा सहभागी हुने आयोजनकले जनाएको छ ।

दिल्लीको झण्डेवालान नजिकै रहेको गढवाल भवनमा आइतबार दिउँसो ३ बजे महाधिवेशनको उद्घाटन हुने नेपाली जनसम्पर्क समिति उत्तर भारत क्षेत्रका अध्यक्ष कृष्ण प्रसाद पाण्डेले बताए ।