हैदरावादमाथी पन्जाव ६ विकेटले विजयी

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा किंग्स इलाभेन पन्जावले सनराइजर्स हैदरावादलाई पराजिचत गरेको छ । सोमबार राती भएको खेलमा पन्जावले हैदरावादलाई ६ विकेटले पराजित गरेको हो ।

घरेलु मैदानमा हैदरावादले दिएको १ सय ५१ रनको विजयी लक्ष्य पट्याएको पन्जावले १९.५ ओभर मात्र ४ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टायो । पन्जावका लागि लोकेश राहुल र मायांक अग्रवालले अर्धशतकीय पारी खेले ।

राहुलले अविजित रहदै ७१ रन जोडे । उनले ५३ बल खेल्दै ७ चौका र एब छक्का प्रहार गरे । त्यस्तै अग्रवाल ५५ रन जोड्दा क्रिस गेल १६ रन जोडे । हैदरावादका लागि सन्दीप शर्माले २ तथा राशिद खान र सिद्दार्थ काउलले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन जोडेको थियो । हैदरावादका लागि डेभिड वार्नरले अविजित ७० रनको अर्धशतकीय पारी खेले पनि हैदरावादको जितका लापग प्रयाप्त भएन् ।

उनले ६२ बलको सामना गर्दै ६ चौका र एक छक्काको मद्दतमा ७० रन जोडेका हुन् । यस्तै विजय शंकरले २६ रन जोड्दा मनिस पाण्डेले १९ र दिपक होडाले अविजित १४ रन बनाए ।

पन्जावका मुजिब उर रहमान, मोहमद शामी र रविचन्द्र आश्विनले समान एक एक विकेट लिए । जितसँगै पन्जावले ६ खेलबाट ४ जितसहित ८ अंक जोडेको छ । पन्जाब लिगको तेस्रो स्थानमा छ । हैदरावादले ६ खेलबाट ३ जितसहित ६ अंक जोड्दै लिगको चौंथो स्थानमा छ ।