‘ए’ डिभिजन लिग फुटबलको सम्पूर्ण तयारी पूरा

काठमाडौं । भोली (शनिबार)देखि सुरु हुने ए डिभिजन लिग फुटबलको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

झण्डै पाँच वर्षपछि हुन लागेको ए डिभिजन लिग फुटबलको पहिलो खेलमा भोलि न्युरोड टि (एनआरटी) र त्रिभुवन आर्मी क्लव भिड्ने छन् ।

दोस्रो खेल संकटा क्लव र सरस्वती क्लवबीच हुने छ । यसपछि नेपाली राष्ट्रिय फुटबल टोली बंगबन्धु गोल्डकप खेल्न बंगलादेश जाने भएकोले लिग रोकिनेछ ।

लिगका बाँकी खेलहरु बंगबन्धु गोल्डकप फुटबलको समाप्तीपछि पुनः हुने एन्फाले जनाएको छ । प्रतियोगितामा १४ क्लब सहभागी रहने छन् ।