पहुँचवालाका आफन्त नियमविपरीत सरुवा

काठमाडौँ । नेपाल सरकारका सचिव, सहसचिवलगायत उपल्लो तहका कर्मचारीले पदीय हैसियत दुरुपयोग गर्दै समायोजन भएर गएका आफन्तलाई संघीय राजधानी र अनुकूलका कार्यालयमा काज सरुवा गराएका छन् ।  प्रदेश र स्थानीय तहमा समायोजन गरेर पठाइएकालाई उनीहरूले समायोजनासम्बन्धी ऐनविपरीत संघअन्तर्गतका कार्यालयमा काज सरुवा गराएका हुन् ।

पदीय हैसियत दुरुपयोग गर्नेमा युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, शिक्षा मन्त्रालयका सचिव खगराज बराल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव रामेश्वर दंगाल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव शिवराम न्यौपानेलगायत छन् । सहसचिव रामेश्वर दंगालका छोरा शाखा अधिकृत सुजन दंगाल समायोजनमा परेर चितवनको भरतपुर महानगरपालिका खटिएका थिए ।

समायोजन सूचीमा गृह मन्त्रालयबाट उनी चितवन खटिएको देखिए पनि भरतपुर महानगरपालिकाका कर्मचारीले उनलाई चिन्दैनन् । एक कर्मचारीका अनुसार उनी केही दिन महानगरपालिकाको कार्यालयमा मात्र देखा परेर काठमाडौं फर्किएका थिए । स्रोतका अनुसार सहसचिव दंगालले पद दुरुपयोग गर्दै आफूले पहिला काम गरेको अख्तियारमा काजमा फिर्ता ल्याएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।