बेंगलोरसँग चेन्नाई पराजित

एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा शीर्ष स्थानको चेन्नाई सुपर किङ्स रोयल च्यालेन्जर्स बेंगलोरसँग पराजित भएको छ । आइतबार राती भएको खेलमा चेन्नाई बेंगलोरसँग एक रनले पराजित भएको हो ।

बेंगलोरले दिएको १ सय ६२ रको लक्ष्य पछ्याएको चेन्नाइले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ६० रन बनाउन सक्यो । चेन्नईका लागि कप्तान महेन्द्र सिंह धोनीले ८४ रनको उतकृष्ट अविजित अर्धसतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त हुन सकेन ।

निकै आक्रामक ब्याटिङ गरेका धोनीले ४८ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै ८४ रनको अर्धसतकीए पारी खेलेका थिए । अन्तिम बलमा जितका लागि २ रन आवश्यकता रहेका बेला शार्दुल ठाकुर रन आउट भएपछि चेन्नई १ रनले पराजित हो ।

त्यस्तै अम्बाती रायडुले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे । रविन्द्र जडेजाले ११ रन जोड्दा अन्यब्याट्सम्यानले दोहोरा अंकमा रन छुन सकेनन् । बेंगलोरका लागि डेल स्टेन र उमेश यादबले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । बेंगलोरका लागि पृथ्वी पटेलले ५३ रनको अर्धशतकीय पारी खेले । उनले ३७ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ५३ रन जोडेका थिए ।

मोइन अलिले १६ बलमा ५ चौका प्रहार गर्दै २६ रन जोड्दा एबी डी भिलियर्सले १९ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै २५ जोडे । त्यस्तै आकाश दिप नाथले २० बलमा एक चौका र एक छक्काको मद्दतमा २४ रन जोडे । चेन्नईका दिपक चाहर, ड्याने ब्राभो र रविन्द्र जडेजाले समान दुई दुई विकेट लिए ।

चेन्नईलाई हराएसंगै बैंगलोरले लिगमा तेस्रो जित निकालेको छ । बैंगलोरले १० खेलबाट ६ अंक जोडेको छ । बैंगलोर लिगको पुछारमा रहेको छ । चेन्नाई बेंगलोरसाग पराजित भएपनि लिगको शीर्ष स्थानमा छ भने जित निकालेको बेंगलोर पुछारमा छ ।