एमबाप्पेको ह्याट्रिकमा पिएसजी च्याम्पियन

एजेन्सी । फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको ह्याट्रिमा पेरिस सेन्ट जर्मन ९पिएसजी०ले लिग वानाके उपाधि जितेको छ । आईतबार राति भएको खेलमा मोनाकोलाई ३-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले लिग उपाधि जितेको हो ।

पिएसजीके जितमा युवा फवार्ड एमबप्पेले ह्याट्रिक पुरा गरे । मोनाकोका एलेक्सजान्दर गोलोभिनले एक गोल फर्काए । घरेलु मैदानमा भएको खेलको १५ औं मिनेटमा पएसजीले सुरुवाती अग्रता लिएको थियो । एमबाप्पेले मुसा डैबीको सापमा गोल गरेका हुन ।

त्यस्तै पहिलो हाफमा २-० का अग्रता बनाउने क्रममा एमबाप्पेले खेलको ३८ औं मिनेटमा व्यक्तीगत दोस्रो गोल गरे । दोस्रो हफमा थप एक गोल गर्दै ह्याट्रिक पुरा गरे । उनले खेलको ५५ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै पिएसजीलाई ३-० को अग्रता दिलाए ।

खेलको ८० औं मिनेटमा मोनाकोका गोलोभिनले एक गोल गर्दै खेलमा फर्किने संकेत देखाएका थिए । तर, थप गोल हुन नसक्दा मोनाको पिएसजीसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

यसजितसँगै पिएसजीले लिग वानको उपाधि जितेको छ । दोस्रो स्थानको लिले आइतलबार नै भएको खेलमा गोल रहित बाबरी खेले पनि पिएसजीले ४ खेल अगावै लिगको उपाधि जितेको हो ।