मोदीले भने-‘आतंकबादको आईईडी भन्दा मतदाताको आईडी कैयौ गुना बलियो’

गुजरात । भारतमा यतिबेला लोकसभाको निर्वाचन भइरहेको छ । आज मंगलबार तेस्रो चरणको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरात पुगेर आफ्नो मताधिकार प्रयोग गरेका छन् । उनले गांधीनगरको रानिप निर्वाचन केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

खुला जीपमा बसेर मतदान केन्द्र पुगेका मोदीको समर्थनमा मोदी मोदीको नारा लागेको थियो । उनले लोकतन्त्रका लागि मतको महत्व अतुलनीय भएको बताए । उनले भनेका छन् कि तपाईंको एक भोटले देशलाई आकार दिनेछ ।

मतदानपछि सम्बोधन गरेका मोदीले आतंकबादको अस्त्र आईईडी हुन्छ भने लोकतन्त्रको अस्त्र भनेको भोटर मतदाता परिचयपत्र अर्थात आईडी कार्ड हो भने । उनले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर मतदान गर्न पाएकोमा आफू भाग्यमानी भएको बताउ ।

उनले कुनै कुम्भमा पुगेर डुबुल्की लगाउँदा महसुस हुने पवित्रता निर्वाचनमा भोट दिन पाउँदा महसुस भएको बताए । उनले आतंकबादको आईईडी भन्दा मतदाता परिचयपत्र कैयौँ गुना बलियो भएको पनि बताए ।