धनगढीमा शुक्रबारबाट मेयर कप फुटबल

धनगढी । धनगढी उपमाहानगरपालिकाको आयोजनामा शुक्रवारबाट मेयर कप फुटवल सुरु भएको छ । उपमहानगरपालीकाको वडा नम्बर १२ र १८ गरी दुई स्थानमा प्रतियोगिता संचालन भएको हो ।

बैसाख ३० सम्म संचालन हुने प्रत्योगिता शुक्रवार धनगढी उप महानगरपालिकाका प्रमुख नृपबहादुर वडले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै उनले धनगढीलाई खेलकुदको शहरका रुपमा विकास गर्न प्राथमिकताका साथ खेलकुदका गतिविधि सबै वडामा सञ्चालित गरिने बताए ।

मेयर कपको उद्घाटन खेलमा वडा नम्बर २ लाई ३–० ले हराउँदै वडा नम्बर वडा नम्बर ४ ले विजयी शुरुवात गरेको थियो । वडा नं १२ मा भएको पहिलो खेलमा वडा नं ४ को जितका लागि शशांक बोहराले २ र नागेन्द्र सिंहले १ गोल गरे ।
प्रतियोगिता अन्तर्गत शनिबार २ खेल हुँदैछन् । बैशाख २८ गतेसम्म क्वाटरफाईनलका खेल वडा नम्बर १२ मा हुनेछन । त्यसपछि २९ र ३० गते वडा नम्बर १८ मा सेमिफाईनल र फाईनलका खेल हुनेछन ।

प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका टीमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेतालाई एक लाख एक हजार र उपविजेतालाई ५१ हजार नगद पुरस्कार दिइनेछ ।

प्रतियोगिता सञ्चालनका लागि कैलाली जिल्ला फुटबल संघले प्राविधिक सहयोग गरेको छ । वडाका खेलाडीहरुलाई छनोट गरेर उपमहानगरपालिकाको टीम समेत बनाइने छ । मेयर कप आयोजना गर्नका लागि धनगढी उपमहानगरपालिकाले झण्डै ९ लाख रकम बजेट विनियोजन गरेको छ ।