चेन्नईलाई पराजित गर्दै मुम्बई आइपिएलको फाइनलमा

एजेन्सी । चेन्नई सुपर किंग्सलाई पराजित गर्दै मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राती भएको पहिलो क्वालिफायर खेलमा चेन्नईलाई ६ विकेटले पराजित गर्दै मुम्बई फाइनल प्रवेश गरेको हो ।

चेन्नईले दिएको १ सय ३२ रनको मध्यम लक्ष्य पछ्याएको मुम्बईले १८।३ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टायो । मुम्बईका लागि सुर्यकुमार यादवले ७१ रनको उत्कृष्ट अर्धसतकीय पारी खेलेपछि मुम्बईको जित सहज भएको थियो । उनले ५४ बलमा १० चौका प्रहार गर्दै ७१ रनको अविजित पारी खेलेका थिए ।

त्यस्तै एसान्त किसनले ३१ बलमा एक चौका र एक छक्का प्रहार गर्दै २८ रनको योगदान दिए । हार्दिक पाण्डेयले १३ रनमा अविजित रहे । खराव सुरुवात गरको मुम्बइका लागि ओपनर रोहित शर्मा ४ र क्विनटन डी कक ८ रनमा पोविलियन फर्किएका थिए । चेन्नईका लागि इमरान ताहिरले दुई तथा हर्वजन सिंह र दीपक चाहारले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ३१ रन जोडेको थियो । चेन्नईका अम्बातु रायडुले ४२ रन जोड्दा कप्तान महेन्द्र सिंह धोनीले नटआउट ३७ रन जोडेका थिए । रायडुले ३७ बलमा तीन चौका र एब छक्कका प्रहार गर्दै ४२ रनको अविजित पारी खेलेका थिए ।

त्यस्तै कप्तान धोनीले २९ बलमा ३ छक्का प्रहार गर्दै ३७ रनको अविजित पारी खेलेका हुन् । मुरली विजयी २६ रनमा आउट भएका थिए । ओपनर फाफ डु प्लेसिस ६ रनमा आउट हुदाँ सेन वाटसन १० रनमा पोविलियन फर्किएका थिए । मुम्बईका राहुल चाचरले २ तथा कुर्नाल पाण्डेया र जयन्त यादवले समान एक विकेट लिए ।

चेन्नईले दोस्रो ईलिमिनेटर राउण्डमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादको बिजेतासँग खेल्नेछ । पहिलो ईलिमिनेटर राउण्डमा बुधबार साँझ दिल्ली र हैदरावाद भिड्नेछन् ।