लिभरपुल र टोटनहाम उपाधिका लागि भिड्ने

एजेन्सी । च्यम्पियन्स लिग फुटबल अन्तर्गत उपाधिका लागि इंग्लिस क्लब लिभरपुल र टोटनहाम भिड्ने भएका छन् । च्याम्पियन्स लिग अन्तर्गत बुधबार राती भएको सेमिफाईनलको दोस्रो लेगमा अयाक्समाथी पुनरागमन जित निकाल्दै टोटनहाम प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।

पहिलो लेगमा १-० गोल अन्तरले पछि परेको टोटनहामले दोस्रो लेगमा ३-२ को पुनरागमन जित सहित समग्रहमा ३-३ गोलको बराबरी भएपनि अवे गोलको आधारमा टोटनहाम फाइनल प्रवेश गरेको हो ।

टोटनहामलाई पुनरागमन जित दिलाउन लुकास मौराले ह्याट्रिक गरे । पहिलो हाफमा २-० को अग्रता लिएको घरेलु टोली आयाक्सले अग्रता जोगाउन नसकदा दोस्रो हाफमा तीन गोल खान पुग्यो । खेलको ५ औं मिनेटमा १९ बर्षिया कप्तान डि लेटले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

त्यस्तै ३५ औं मिनेटमा अग्रता दोब्बर पार्यो । साउथह्याम्टनका पुर्व विङ्गर डुसान टाडिसको पासमा हाकिम जियाचले ३५ औ मिनेटमा हाकिम जियाचल गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । तर दोस्रो हाफमा लुकास मौराले ह्याट्रिक गरेपछि टोटनहाम विजयी चभएको हो ।

खेलको ५५ औं मिनेटमा पहिलो गोल गरेका उनले ५९ औं मिनेटमा दोस्रो गोल गरे । खेलको इन्जुरी समयमा लुकासले ह्याट्रिक पुरा गर्दै टोटनहामलाई च्यािम्पियन्स लिगको फाइनलमा प्रवेश गराए । अब टोटनहमले उपाधिका लागि जुन १ मा लिभरपुलँंगको प्रतिस्पर्धा गर्ने छ ।