सन्दीपले सीपीएल बार्बाडसबाट खेल्ने

काठमाडौं – नेपाली राष्ट्रिय टोलिका लेग स्पिनर सन्दीप लामिछानेले बार्बाडस ट्राइडेन्टसबाट क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्ने भएका छन् । बुधबार भएको ड्राफ्टमा सन्दीपलाई बार्बाडसले पाँचौ राउण्डमा अनुबन्ध गरेसँगै सीपीएल खेल्ने पक्का भएको हो ।

पाँचौ राउण्डमा छनोट हुने खेलाडिले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । गत सिजन सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए । उनले प्याट्रीयट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए ।

गत सिजनको सीपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै सन्दीप उदएमान खेलाडी घोषित भएका थिए । यस संस्करणको सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ ।