कृष्णको ‘रान्चडी’ चर्चामा

काठमाडौं । सानो उमेरमै बहुआयामिक प्रतिभा पस्कन सफल कृष्ण बिकको नयाँ गीतले सामाजिक सञ्जालमा चर्चा पाएको छ । आन्चलिकता झल्कने लयमा तयार पारिएको गीतको म्युजिक भिडियो पनि निकै रुचाइएको छ । चर्चित र्‍यापर राजेन्द्र भट्ट उर्फ मिस्टर आरजको नयाँ म्युजिक भिडियोका रुपमा यसलाई प्रस्तुत गरिएको छ ।

मिस्टर आरजेकै र्याप रहेको ‘रान्चडि’ बोलको गीतमा उनकै शब्द र संगीत रहेको छ । गीतमा गायक कृष्ण बिकले न्यायपूर्ण स्वर दिएका छन् भने गीतको एरेन्ज पनि कृष्णले नै गरेका हुन् । निकै उर्जावान, शालिन र विभिन्न प्रतिभाका धनी कृष्णले यसअघि पनि विभिन्न गीत सार्वजनिक गरिसकेका छन् ।

गीतको भिडियो सान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायाँकन गरेको भिडियोमा बिनोद न्यौपाने र जुना सुन्दासले अभिनय गरेका छन् । गीत ‘मिस्टर आरजे’ नामक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
गायक कृष्णले यसअघि विभिन्न गीत मात्र होइन उनले अप्रकासित उपन्यास समेत तयार पारेका छन् ।

सुदूरपश्चिको दुर्गमबाट राजधानी आएका उनी काँग्रेस सभापति शेरबहादुर देउवाका धर्मपुत्र हुन् । देउवाकै चिन्ता र चासोले उनी राजधानीसम्म आइपुगेका हुन् ।