प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अब बेरोजगार भएर कसैले विदेशिनु पर्दैन’ भनिरहेकै बेला र प्रधानमन्त्री रोजगारका नाममा दुई अर्ब भन्दा बढी मकै गोडमेल, फूलबारी स्याहारका नाममा खर्चिरहेका बेला ईपिएस परीक्षा दिएर विदेशिन खुट्टो उचाल्न बाध्य युवाको लर्को सडकमा छ ।
आइतबार विहानै काठमाडौंको मैतिदेवीस्थित युनिभर्सल कलेजमा परीक्षा दिन लमावद्ध नेपाली जोसिला तर बेरोजगारले मजबुर युवाहरु ।