नेपाल परिवार दल सुदूरपश्‍चिमले गर्‍यो हावाहुरी प्रभावितलाई सहयोग

धनगढी- नेपाल परिवार दल सुदूरपश्‍चिम प्रदेशले हावाहुरी प्रभावित १ सय ६० घरधुरीलाई राहत प्रदान गरेको छ। दलले धनगढी १ मा हावाहुरीबाट प्रभावित बनेकाहरूलाई सहयोग गरेको हो।

नेपाली कांग्रेसका नेता एवम् वडा नं. १ का अध्यक्ष सन्तोष मुडभरीको उपस्थितिमा सहयोग प्रदान गरिएको हो। सहयोग प्रदान कार्यक्रममा वडाका प्रहरी इन्चार्ज असई एैन बहादुर पाल, नेपाल परिवार दलका संयोजक खडक सिह नागरी, उपाध्यक्ष करन सिह चयडा, विद्यार्थी संयोजक राम चन्द्र भट्टलगायतको उपस्थित रहेको थियो।