0 मुकुन्द कृष्ण थापा
0
अदालतको फैसला मान्न छोडेर
हरे राम लेखेको पहेँलो बस्त्र ओडेर !
मठ-मन्दिर धाउँदैछन् रे भ्रष्टाचारीहरु,
रक्षा गर भगवान भन्दै दुई हात जोडेर ! !
00
देशको लागी सिन्कोसम्म नभाँचेरै बसेपछि
सहिदको लासमाथि छमछमी नाँचेरै बसेपछि !
देश कसरी बन्छ र खै, गर्छु भन्ने मरेर गए
गर्न नदिने र नचाहनेहरु चाहिँ बाँचेरै बसेपछि ! !
000
सुन गुमाएर नुन पाउनुको के अर्थ ?
राष्ट्रियताको गीत गाउनुको के अर्थ ?
देशको तालाचाबी पराइलाई सुम्पिएर
दौरा सुरुवाल टोपी लाउनुको के अर्थ ?
(थापा सिभिल इन्जिनियर हुन् । उनी साहित्य क्षेत्रमा समेत कलम चलाउँछन् ।)