आइतबार नेकपा सचिवालय बैठक

काठमाडौं । पार्टी एकता प्रक्रिया र सरकार सञ्चालनका विषयमा तमामौं आलोचना सुरु भएपछि छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आइतबार अपराह्न सचिवालय बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलपछि सचिवालयको बैठक बोलाइएको हो ।

संयुक्त राष्ट्र सङ्घको ७३औँ महासभामा सहभागी भएर बिहीबार फर्कनु भएपछि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।