हरी रेग्मी सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा निर्वाचित

धनगढी । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको अध्यक्षमा हरी रेग्मी चयन भएका छन्।

शनिबार सुदूरपशिचमको डडेल्धुरामा सम्पन्‍न संघको विषेश साधारण सभाले रेग्मीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा कञ्चनपुरका दिपकराज चालिसे, सचिवमा बैतडीका तेजप्रकाश भट्ट, कोषाध्यक्षमा डोटीका दिनेशवहादुर सिंह चयन भएका छन्।

संघको सदस्यमा अछामकी चाँदनी शाह, दार्चुलाका देवेन्द्र भट्ट, बझाङका भुपेन्द्र धामी, कञ्चनपुरका आशिष कुमार खत्री, लक्ष्मण दत्त भट्ट, कैलालीका अनिलकुमार भुजनिया, डडेल्धुराका मनोज पाठ, हरिप्रशाद उप्रेती र बैतडीका शेरसिंह खत्री चयन भएका छन्।