कलापारखी दियाल

काठमाडौं । इन्द्र दयाल सानैदेखि कलाका पारखी हुन्। गीत, संगीत भनेपछि हुरुक्कै हुने दयाल दश वर्षको कलिलो उमेरमा भारत गए। घरको कमजोर आर्थिक अवस्थाका कारण सानैमा प्रदेशीन पुगेका दयाल प्रदेशीयको पनि दशक बढी भइसकेको छ।

भारतको पञ्जावस्थित स्टरलिंग रिसोर्टमा काम गर्ने दयाल नेपाली गीत संगीत भनेपछि हुरुक्कै हुन्छन्। दिनभरीको कार्यव्यस्तता, राति केही समय उनी गीत संगीत सुन्न छुट्याउँछन्। नेपालमा कुनै कलाकार पञ्जावमा गएको थाहा पाउनेवित्तिकै उनी समय मिलायर भेटघाटका लागि पुगि हाल्छन्।

कलाकारहरूसँगको संगतले र गीत, संगीतप्रतिको मायाले उनमा पनि गीतमा अभिनय गर्ने उटहुटी जाग्न थाल्यो। सोही समयमा उनी गायक गोविन्द ढकालको सम्पर्कमा आए। संगतकै क्रममा ढकालले दयालको संगीतप्रतिको मोहा र उनको रुची बुझे। त्यसपछि ढकालले आफ्नो एउटा तीज गीतमा बुवाको भूमिका निर्वाह गर्ने अवसर दयाललाई दिए।

दयाल उक्त गीतमा अभिनय गर्नकै लागि दयाल पञ्जावमा परिवारका सदस्यसँग कञ्चनपुर घर जान्छु भन्दै झुटा बोलेर काठमाडौं पुगे। ढकालको ‘जीन्दगी भरी’ बोलको तीज गीतमा बुवाको भूमिका निभाउन पाएकोमा दयाल दंग छन्। आफ्नो निकै पहिलेदेखिको रहर पुरा भएको उनले बताए।

उक्त गीतमा अभिनय गरेपश्चात लगत्तै उनलाई गायिका राधिका हमालको तीज गीतमा पनि जेठाजुको भूमिकामा अभिनय गर्ने अवसर प्राप्त भयो। एकै पटक दुई गीतमा अभिनय गर्न पाएकोमा दयालले निकै खुशी लागेको बताए। यो अवसरले आफूलाई सांगीतक क्षेत्रमा लाग्न थप प्रेरणा मिलेको उनी बताउँछन्।