मेस्सीलाई तीन महिना खेल प्रतिबन्ध

एजेन्सी । अर्जेन्टिनी तथा बार्सिलोनाका सुपरस्टार खेलाडी लियोनल मेस्सीलाई तीन महिनाको प्रतिबनध लगाएको छ । स्टार खेलाडी मेस्सीलाई दक्षिण अमेरिकी फुटबल महासंघले अन्तराष्ट्रिय फुटबलमा तीन महिनाको प्रतिबन्ध लागाएको हो ।

महासंघले तीन महिनाको प्रतिबन्धसँगै ५० हजार अमेरिकी डलर जरिवाना लगाएको बिबिसी रिपोर्टमा उल्लेख छ । भरखरै ब्राजितमा सकिएको कोपा अमेरिका फुटबलमा पदाधिकारीहरुलाई मेस्सीले भ्रष्टचारको आरोप लगाएका थिए ।

३२ बर्षका मेस्सीले कोपा अन्तर्गत तेस्रो स्थानका लागि भएको चिलीविरुद्वको खेलमा रातो कार्ड सकेत पाएको थिए । सोकि खेल पछि मेस्सीले घरेलु टोली ब्राजिललाई उपाधि जिताउन सबै पदाधिकारी र संघको मिलोमतो रहेको गम्भिर आरोप लगाएका थिए ।

दक्षिण अमेरिकी फुटबल महासंघले मेस्सीले लगाएको आरोप निराधार रहेको र त्यसमा सम्मानको कमी देखिएको बताएको छ । त्यस्तै मेस्सीले दक्षिण अमेरिकी फुटबलमा चरम भ्रष्टचार हुने समेत आरोप लगाउँदै पदक लिन समेत अस्विकार गरेका थिए ।

मेस्सीले आफुमाथि गरिएको कारबाहीको बिषयमा ७ दिनभित्र अपिल गर्न सक्नेछन् । प्रतिबन्धसँगै मेस्सीले अर्जेन्टिनाले सेप्टेम्बर र अक्टोबरमा खेल्ने चिली, मेक्सिको र जर्मनीविरुद्व मैत्रीपूर्ण फुटबल गुमाउनेछन् । अर्जे्न्टिनाले सन् २०२२ को विश्वकप छनोट सन् २०२० को मार्चबाट सुरु गर्नेछ ।