पत्रकारको न्युनतम पारिश्रमिक २५ प्रतिशत बढाउने सरकारको निर्णय

काठमाडौं । सरकारले गोरखापत्र संस्थापनको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । भण्डारीलाई आइतबारको मन्त्रिपरिषद बैठकले कार्यकारी अध्यक्षमा नियुक्त गरेको सरकारका प्रवक्ता तथा संञ्चारमन्त्री गोकुल बास्कोटाले बताए। यसअघिका संस्थानको अध्यक्ष गोविन्द पोखरेल थिए ।

यस्तै मन्त्रिपरिषद बैठकले श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक कम्तिमा २५ प्रतिशतले वृद्धि गर्ने गरि न्युनतम पारिश्रमिक निर्धारण गरेको प्रवक्ता बास्कोटाले बताए । यसअघि श्रमजिवी पत्रकारको न्युनतम पारिश्रमिक १९ हजार ५ सय रहेकोमा अब २४ हजार ३ सय भन्दा कममा पत्रकारलाई काममा लगाउन नपाइने भएको छ ।

यो निर्णय कात्तिक १ गतेपछि सरकारी र निजी सबै सञ्चारमाध्यममा लागू हुने बास्कोटाले जानकारी दिए ।