तीन वर्षपछि सांगीतिक क्षेत्रमा फर्किएकी सीमा

काठमाडौं । २०७३ सालमा ‘जाऔं वरु भागेर’ बोलको गीतमा स्वर दिँदै सांगीतिक दुनियाँमा प्रवेस गरेकी गायीका सीमा थापा तीन वर्षसम्म गुमनाम रहिन्। तीन वर्षपछि उनी पुनः सांगीतिक क्षेत्रमा फर्किएकी छन््।

यतिवेला उनले गोविन्द ढकाले बजारमा ल्याउँ गरेको ‘जीन्दगी भरी’ बोलको तीज गीतमा स्वर दिएकी छन्। ‘मखमली फुल्यो’, ‘जाऔं बरु भागेर’ लगायत गीतमा स्वर दिइसकेकी गायीका थापा गायक ढकालको हौसला र गीत÷संगीतप्रतिको झुकावले पुनः सांगीतिक क्षेत्रमा फर्किएकी हुन्।

चितवन घर भएकी थापा गीत गाउनकै लागि काठमाडौं ओहोरदोहोर गरिरहन्छीन्। घरायसी कामले कमै फुर्सद् मिल्ने भए पनि उनले आगामी दिनमा बचेको समय गीत÷संगितमा खर्चिने सोच बनाएकी छन्।