गोविन्द र सीमाले ल्याए जीन्दगी भरी

काठमाडौं । गायक गोविन्द ढकालको ‘जीन्दगी भरी’ बोलको तीज गीत बजारमा आएको छ। शुक्रबार कृष्ण पुनको युट्युव च्यानल म्युजिक बैंकबाट गीत सार्वजनिक गरिएको हो।

गायक ढकाललाई गीतमा गायिका सीमा थापामगरले साथ दिएकी छन्। गीतमा शंकर विसी र करिश्मा ढकालको अभिनय रहेको छ।