मेस्सीविनाको बार्सिलोना पहिलो खेलमै पराजित

एजेन्सी । आफ्नो स्टार खेलाडी लियानल मेस्सीविना मैदानमा उत्रिएको साविक विजेता बार्सिलोना स्पेनिस ला लिगको नयाँ सिजनको पहिलो खेलमा पराजित भएको छ ।

शुक्रबार राति एथ्लेटिको बिल्बाओको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १-० को अप्रत्यासित हार ब्यहोरेको हो । पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको दोस्रो हालमा घरेलु टोलीले गोल गर्दै सिजनको सुखद सुरुवात गरेको छ ।

बिल्बाओको जितका लागि खेलको एक मात्र निर्णयक गोल अरित्ज अडुरिजले गरे । उनले खेल सकिन मात्र एक मिनेट बाँकी रहँदा गोल गरेका हुन् । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका उनले पहिलो प्रहारमै गोल गरेका थिए ।

ईर्नेस्टो भाल्भर्डेको टिम लगातार तेस्रो पटक स्पेनिस लिगको उपाधि उचाल्ने लक्ष्य सहित मैदान उत्रिएको थियो । तर लिगको पहिलो खेलमा बार्साले अप्रत्यासित हार ब्यहोर्न बाध्य भएको छ ।