जनतामाझ काँग्रेस

पोखरा । नेपाली काँग्रेसले जनताका बीचमा आफूलाई उपस्थित गराउने कामलाई तीव्रता दिएको छ ।

मंसिरका लागि तय भएको उप निर्वाचन तथा आगामी निर्वाचनलाई लक्षित गर्दै विगतको निर्वाचनमा कमजोर नतिजालाई सुधार्न काँग्रेसले आफ्ना गतिविधिलाई बढाएको हो ।

यसै क्रममा नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पोखरामा गण्डकी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम आयोजना भएको छ ।

जनतासंग संपर्क विस्तार गर्न र चुनाव कसरी जित्न सकिन्छ भन्ने विषयमा उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा स्रोत व्यक्तिका रुपमा काँग्रेस नेतृ डा आरजु राणा देउवालगायतले सहजीकरण गरेका थिए ।