अलविदा शुभद्रा

काठमाडौं । चर्चित अभिनेत्री शुभद्रा अधिकारीको शनिबार विहान निधन भएको छ।

७३ वर्षीया अभिनेत्री अधिकारीको आज बिहान डल्लुस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

चलचित्र ‘‘मनको बाँध’बाट ठूलो पर्दामा अभिनय सुरु गरेकी कलाकार सुभद्रा अधिकारीले चिनो, कन्यादान, भाउजुलगायत झण्डै ५ दर्जन चलचित्रमा जोडदार अभिनय गरेर दर्शकको मन जित्न सफल भएकी थिइन्।

बिक्रम संवत् २००७ साल देखि नाटक क्षेत्रमा लगेर चलचित्रको दुनियामा आफूलाई स्थापित गर्न सफल अधिकारी पछिल्लो समय स्वास्थ्य समस्याबाट पीडित थिइन्।