सिंहदरबारभित्रै आत्महत्या !

काठमाडौं । सिंहदरबारभित्र रहेको राष्ट्रिय योजना आयोगको कार्यालयमा सोही कार्यालयका एक कर्मचारी मृत अवस्थामा भेटिएका छन् ।

मंगलबार कार्यालय खुल्ने समयमा सोही कार्यालयका कर्मचारी बच्चुराम केसी मृत अवस्थामा देखिएपछि अन्य कर्मचारी आत्तिएका थिए। उनीहरुले घटनाबारे प्रहरीलाई खबर गरेको बताइएको छ ।

आफ्नै कार्यालयको एक तलामाथि केसीलाई मृत अवस्थामा फेला पारिएको हो । प्रहरीको अनुमान केसीले विष सेवन गरेको हुनसक्ने छ ।

करिब ५० वर्षिय केसी घटनाबारे सिंहदरवारस्थित प्रहरी टोली र अपराध अनुसन्धान शाखाको टोली समेतले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि लग्ने तयारी भएको र घटनाको मुचुल्का समेत उठाइएको बताइएको छ ।

कर्मचारीहरुले मृतकको हत्या भएको हो वा आत्महत्या ? अनुसन्धान हुनुपर्ने माग गरेका छन्।