काँग्रेस सभापति देउवाले दिए गौराको शुभकामना

काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गौरा पर्वको अवसरमा सम्पूर्ण नेपालीमा पार्टी र व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले आज दिएको शुभकामना सन्देशमार्फत विविधताले भरिएको समाजमा गर्व गर्नलायक धार्मिक, सांस्कृतिक रीतिरिवाज र परम्परा रहेको उल्लेख गर्दै गौरा पर्वले जनजीवनमा गहिरो सदभाव र विशिष्ट पहिचान बनाएको बताए ।

विशेष गरी सुदूरपश्चिममा मनाइने गौरा पर्वले आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरणा दिएको भन्दै सामाजिक सद्भावना बढाउन कोशेढुङ्गा सावित भएको उनको विश्वास छ ।

उनले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने कामना गरेका छन् ।